कालिकोट जिल्लाकै उत्कृष्ट शिक्षक बने राम्नाकाेटका उपाध्याय ।
बास्मति कठायत- कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतले कालिकोट जिल्लाका शिक्षकलाई उत्कृष्ट शिक्षकको रूपमा सम्मानित गरेको छ। कालिकोटको पचालझरना -४ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा कार्यरत नि.मा.शि.द्वि. शिक्षक श्री टीका उपाध्याय लाई शिक्षा विकास निर्देशनालयले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार कालिकोट जिल्लाको उत्कृष्ट शिक्षकको रूपमा छनोट गरी सम्मान गरेको हो। शिक्षक उपाध्यायलाई शिक्षा क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै नगद रु. ३५,०००/-...









































































